|

काभ्रे : कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपाल लिमिटेड (SY Panel Nepal Ltd)ले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगीले एसवाई प्यानल नेपाल कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियोमा टिकटक बनाउने गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो।

कम्पनीको बजार अधिकृत अविरल जिम्बाका अनुसार प्रतियोगीतामा सहभागी हुन चाहनेले साउन ६ गतेदेखि भदौ ६ गतेभित्र टिकटकमा भिडियो पोष्ट गरी सक्नु पर्नेछ। टिकटक भिडियो प्रतियोगिताको पुरस्कार पनि घोषणा गरिएको छ।

कम्पनीका बजार अधिकृत जिम्बाले प्रतियोगिताका प्रथम, द्धितीय सहित पाँचौ पुरस्कार गरी १५ जना विजेताहरुले नगद ८ लाख ८५ हजार रुपैँया पाउने बताए । जसअनुसार प्रथम पुरस्कार नगद १ लाख ५० हजार,  द्धितीय पुरस्कार (२ जना)ले प्रतिब्यक्ती नगद १ लाख रुपैयाँ र तृतीय पुरस्कार (३ जना)ले प्रतिब्यक्ती नगद ७५ हजार रुपैँया पाउने घोषण गरेको छ । त्यस्तै चौथो पुरस्कार (४ जना)ले प्रतिब्यक्ती नगद ४० हजार र पाचौं पुरस्कार (५ जना)ले प्रतिब्यक्ती नगद ३० हजार रुपैँया प्राप्त गर्ने छन्। 

कम्पनीले नेपाल सरकारको नियम अनुसार पुरस्कारमा लाग्ने कर विजेता स्वयंले ब्यहोर्नु पर्ने जनाइएको छ । टिकटक भिडियो एकल वा समुहमा पनि बनाउन सकिने छ। 

एसवाई प्यानल कम्पनीका महाप्रबन्धक शशी साहले अहिले प्रचारप्रसारको सबैभन्दा सजिलो माध्यम टिकटक नै भएकाले टिकटकमा भिडियो प्रतियोगिता आयोजना गरिएको बताए। उनले भने, ‘प्रतियोगिता खुला रूपमा र पुरस्कार राशी पनि राम्रो राखिएको हुँदा धेरै प्रतियोगीहरु आवद्ध हुन्छ भन्ने अपेक्षा छ।’
कम्पनीका महाप्रबन्धक साहका अनुसार प्रतियोगितामा उत्कृष्ट भिडियोहरुलाई छनोट गरि ३० प्रतिशत लाइकको आधारमा, ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भ्युज, शेयरसँगै कमेन्टको आधारमा विजेताहरु घोषण गरिने छ। उनले कम्पनीले घोषण गरेको सर्तहरु लागू हुने समेत बताए। 

कम्पनीले भिडियोका लागि केही सर्तहरू पनि तोकिएका छन् । जसमा प्रतियोगीले टिकटकमा बनाएको भिडियो सिर्जनात्मक र सभ्य हुनु पर्ने छ । टिकटक बनाईसकेपछि अनिवार्य रुपमा @SY_NEPAL मा ट्याग गरिनुका साथै ह्यासट्याकको रुपमा #synepal #sayyes प्रयोग गर्नु पर्ने छ। 

यस्तै भिडियो कम्पनीले तोकिएको ओरिजिनल साउन्डमा बाहेक अरुमा बनाउन नपाउने सर्त राखिएको छ । प्रतियोगिताका विजेताहरुलाई भदौ १० गते एक कार्यक्रमबीच पुरस्कार वितरण गरिनेछ। 

फेब्रिकेटेडको प्रयोग गरी घर, संघ÷संस्थाको भवन लगायत निर्माण गरिरहेको एसवाई प्यानल नेपालमा लोकप्रिय हुँदै गइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.