|

काठमाडौं : गृह मन्त्रालयले सार्वजनिक बिदाको दिनमा सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सरकारी सवारी साधन राेक्ने, चाबी खोस्नेलगायतका काम भइरहेको हुँदा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रिस्तरीय निर्णय अनुसार सम्बन्धित निकायलाई सर्कुलर जारी गर्दै यस्ता गतिविधि नगर्न अनुरोध गरेको छ। मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले त्यस्ता गतिविधि भइरहेको हुँदा झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधनलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने  भएकोले सोही बमोजिम आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन लगायतका सम्बन्धित निकायलाई सर्कुलर जारी गरिएको बताए। 

उनले माथि उल्लेखित बाहेकका सरकारी सवारी साधन बिदाका दिन चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिनुपर्ने व्यवस्था कडाईका साथ लागू गर्न पनि भनेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.