काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टी एकताको प्रस्ताव गरेका छन्।
बिहीबार बिहान ललितपुरमा भएको भेटवार्ताको क्रममा प्रचण्डले बाबुरामलाई समाजवादी केन्द्र निर्माण गरेर सहकार्य गर्न प्रस्ताव गरेका हुन्। प्रचण्डले बाबुरामलाई माओवादी केन्द्रमै फर्किन प्रस्ताव गरेपछि बाबुरामले अस्वीकार गरेपछि नयाँ प्रस्ताव अघि सारेको बाबुराम निकट स्रोतले बतायो।
स्रोतले भन्यो, ‘निर्वाचन नजिकिएको बेलामा गठबन्धन र निर्वाचनको बिषयमा उहाँहरूबीच छलफल भएको हो। छलफलको क्रममा प्रचण्डले समाजवादी केन्द्र निर्माण गर्दा माधव नेपाललाई पनि समेट्न सकिन्छ भन्ने प्रस्ताव राख्नुभएको थियो।’
चुनावसँग आपसी सहकार्यबारे निरन्तर छलफल गर्ने समझदारी समेत बनेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट कारवाही गरेपछि बाबुराम नयाँ यात्राको विकल्पबारे निरन्तर छलफलमा छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।