|

काठमाडौं : काठमाडौं महानगरपालिकाले डेढ महिनामा २२ हजार वर्गफिट सडक मर्मत गरेको छ। महानगरको पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएदेखि हालसम्म सडकका खाल्डाखुल्डी पुर्ने, कालोपत्र गर्ने, ढल व्यवस्थापन गर्ने, सडकको पानी सफा गर्ने, तार व्यवस्थापन गर्ने लगायतका काम गरेको महानगरपालिकाले जनाएको छ।  

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका सडक मर्मत गर्नका लागि गत जेठ अन्तिम साताबाट पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएको थियो। निर्वाचन अगाडि घोषणा गरेअनुसार महानगरमा मेयर बालेन साहले उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो। मेयर साहको अध्यक्षतामा बसेको नगरपालिकाको पहिलो सञ्चालनमा ल्याउने घोषणा गर्‍यो।  

जसका लागि २० लाख छुट्याएर दुई प्याकेजमा काम गर्दै आएको काठमाडौँ महानगरपालिका पूर्वाधार विभागका प्रमुख रामबहादुर थापाले जानकारी दिए। महानगरको कल सेन्टरमा आएको गुनासोका आधारमा उक्त काम भइरहेको छ। शुरुवाती चरणमा धेरै गुनासो आए पनि पछिल्लो समय दैनिक ६‚ ७ वटा सडक मर्मत गर्नुपर्ने उजुरी आएको विभागले जनाएको छ। 

स्थानीयले गुनासो गरेको धेरै समयसम्म काम नभएको बताउँदै आएका छन्। यता महानगरपालिकाले भने धेरै ठाउँको समस्या एकैपटक समाधान गर्नका लागि समय लागेका बताउँदै आएको छ। एम्बुलेन्स शुरु गरेयता १९ ठाउँका सडक मर्मत गरेको महानगरको भनाइ छ। 

हामीकहाँ कैयौँ गुनासा आउँछन्। सबै सम्बोधन गर्नुपर्ने खालको नभएको उनको भनाइ छ। विभागीय प्रमुख थापाले भने, ‘घरको पानी जान भएको, लाइन नआएको लगायत आफैँले समाधान गर्नुपर्ने सामान्य विषयको पनि गुनासो आउँछ।’

 हाल पूर्वाधार एम्बुलेन्स सञ्चालनका लागि तीन इन्जिनियरसहित सात कामदार मात्रै खटिएको अवस्था छ। यति जनशक्तिले सबै गुनासा सम्बोधन गर्न सम्भव नहुने उनको भनाइ छ। वर्षाको पानीले जताततै खाल्डाखुल्डी परेको छ। मुख्य स्थानमा काम गर्दै  गरेको उनको भनाइ छ। 

२२  हजार  फिट सडकमा ११ लाख खर्च 

महानगरपालिकाको सडक मर्मतमा ११ लाख खर्च  भएको छ। पर्खाल व्यवस्थापन गर्ने, ढल फुटेको र भासिएको ठाउँमा टाल्न, खाल्टो छोप्ने कभर, ढुंगा, गिटी, बालुवा, इँटा, रड, ग्राभेल खाल्डाखुल्डी पुर्न, कालोपत्रे लगायतका लागि सो खर्च भएको महानगरपालिकाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.