|
फाइल तस्वीर

काठमाडौं : अन्तरराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले सन् २०२४ को विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाएसँगै नेपाल पनि छनोट हुने सम्भावना बढेको छ।

वेस्ट इण्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने सन् २०२४ को विश्वकपमा २० राष्ट्रले सहभागिता जनाउने आइसिसीले बताएको छ। नेपालको वरीयता माध्यमबाट विश्वकपमा स्थान बनाउने सम्भावना न्यून रहेकाले नेपालले एशिया छनोटबाट नै विश्वकपको बाटो तय गर्नुपर्नेछ।

एशिया छनोटमा सहभागी रहने नेपालसहित ५ राष्ट्रको टुङ्गो लागिसकेको छ। बाँकी २ भने क्षेत्रीय छनोटबाट आउनेछन्। गत फागुनमा ओमानमा भएको सन् २०२२ विश्वकपको ग्लोबल छनोट ‘ए’ मा सहभागी नेपाल, ओमान तथा बहराइन छन्।

आयोजकका रूपमा वेस्ट इण्डिज र अमेरिका सीधै छनोट भइसकेका छन्।

यसै वर्ष १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकपका शीर्ष ८ टोली पनि विश्वकप २०२४ का लागि सोझै छनोट हुनेछन्। विश्वकप सकिनासाथ नोभेम्बर १४ मा आइसिसीले जारी गर्ने वरीयताको नवौं र दशौं राष्ट्र यदि वेस्ट इन्डिज शीर्ष ८ मा परे वरीयताको ११ औं स्थानको राष्ट्रले पनि अवसर पाउनेछ।

त्यसबाहेक एशिया, अफ्रिका र युरोप छनोटबाट २/२ तथा अमेरिकी र पूर्वी एशिया-प्यासिफिक छनोटबाट एक टोलीले विश्वकपमा स्थान बनाउने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.