|

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिलविकास राजभण्डारीलाई उपाध्यक्षमा र दमन बस्नेत सह–महामन्त्री पदमा मनोनयन गरेका छन्। 

अध्यक्ष थापाले दुवैलाई शनिबार जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्न आग्रह गरे। राजभण्डारी र बस्नेत केही दिन अघि राप्रपा परित्याग गरी राप्रपा नेपाल प्रवेश गरेका थिए। 

पार्टीका महामन्त्री राजाराम बर्तौलाले आवश्यकता अनुसार आगामी दिनमा अन्य नेतालाई पनि जिम्मेवारी दिने बताए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.