|

ललितपुर : ललितपुर महानगरपालिका वडा नं. १६ ले योग साधना केन्द्र आरम्भ गरेको छ। केन्द्रका अध्यक्ष एवं संरक्षक वडा नं. १६ का अध्यक्ष निर्मल रत्न शाक्यले स्वागत मन्तव्य राख्दै वडा स्तरमा पहिलो पटक योग साधना केन्द्र संचालन गरेकाे उल्लेख गरे।

'यो केन्द्र निरन्तर संचालन हुनेछ', उनले भने। वडा नं. १६ ले संचालन गरेको ५ दिने योग शिविरको समापन समारोहकै अवसर पारी योग साधना केन्द्र आरम्भ गरेको हो। कार्यक्रममा प्रमुख अतिथि पतञ्जली योग समिति नेपाल बागमती प्रदेश संगठन मन्त्री कमलप्रसाद घिमिरेले स्थानीय तहले योग साधना केन्द्रको थालनी गर्नु सुखद् रहेको बताए। उनले अन्य स्थानीय तहसँग पनि यो अभियान अघि बढाउन छलफल भएको जानकारी गराए।

कार्यक्रममा पतञ्जली योग समिति नेपाल बागमती प्रदेश संगठन मन्त्री शारदा रिमाल, पतञ्जली योग समिति ललितपुर जिल्ला अध्यक्ष जोहन गोपाल कायस्थलगायतको उपस्थिति रहेको थियो।

योग ललितपुर महानगरपालिका १६ वडा बालिफलमा रहेको अशोक पार्टी प्यालेसमा सञ्चालन हुनेछ। यसका लागि प्यालेसले निःशुल्क हल एवं पार्टी प्यालेस परिसर उपलब्ध गराउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.