|

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिएका निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूको नाम सार्वजनिक गरेको छ।

कार्यालयले कालोसूचीमा राखिएका १५ वटा कम्पनीको विवरण आज सार्वजनिक गरेको हो। कालोसूचीका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले १ देखि ३ वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिदमा भाग लिन नपाउने व्यवस्था छ।

जसअनुसार काठमाडौं बत्तीसपुतलीस्थित बिटी निर्माण सेवा प्रा लि, कोटेश्वरस्थित सिद्धगढी इन्जिनियरिङ एण्ड बिल्डर्स प्रा लि, दोलखा भीमेश्वर नगरपालिका-१ चरिकोटस्थित शिवराम कन्स्ट्रक्सन कम्पनी प्रा लि, वनस्थलीस्थित दिनेशचन्द्र आर अग्रवाल इन्फ्राक्सन प्रा लि, नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रा लि र कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रा लि जेभी कालोसूचीमा परेका छन्। यी ६ वटा कम्पनीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ।

एक वर्षका लागि कालोसूचीमा परेका कम्पनीमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ स्थित श्री आकाश एण्ड पवन कन्स्ट्रक्सन, काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-५ को श्री थोकर निर्माण सेवा, लयुल निर्माण सेवा र निभा निर्माण सेवा रहेका छन्।

यसैगरी काठमाडौंको नयाँबानेश्वरस्थित ड्रप सप्लाई एण्ड सर्भिसेज प्रा लि, जगदम्बा निर्माण कम्पनी प्रा लि, भुवनेश्वरी एण्ड भैभव बिल्डर्स प्रालि र खोटाङ दिक्तेलको रुजन के निर्माण सेवा प्रा लि पनि १ वर्षका लागि कालोसूचीमा परेका छन्।

कैलाली बर्दगोरिया-१ स्थित श्री अमन एण्ड इसा कन्स्ट्रक्सन प्रा लिलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको कार्यालयले सूचनामा उल्लेख गरेको छ।

कालोसूचीमा परेका यी कम्पनीहरूले आजैदेखि कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिदसम्बन्धी टेन्डरमा भाग लिन नपाउने खरिद अनुगमन कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.