|

काठमाडौं : देशका विभिन्न स्थानमा गएराति भारी वर्षा भएको छ । जसका कारण ठुला साना नदीहरुमा पानीको बहाव बढेको छ।

रामेछापस्थित खिम्ती खोलाले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्र सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै गएराति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा ठूलो पानी परेको छ।

घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । आज बिहान प्रदेश १, बागमती र लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका विभिन्न हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.