|

काठमाडौं : विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। 

सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–४ स्थित सुनसरी पुलमा गएराति जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको बर्दिबास नगरपालिका ६ का २९ वर्षीय बालकृष्ण राना मगर रहेका छन्। 

गएराति भारतीय नम्बरको स्कारपियो जिपले विपरित ना ६३ प ४०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यस्तै झापाको कमल गाउँपालिका ५ मा ट्रिपरको ठक्करबाट साईकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ। 

मृत्यु भएका पुरुष व्यक्तिको परिचय खुल्न सकेको छैन। बागमती प्रदेश ०३ ००१ क २१२ नम्बरको ट्रिपरले साइकललाई गएराति ठक्कर दिएको थियो। 

यस्तै गएराति गुल्मीको मुसीकोट नगरपालिका २ देउरालीमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मीकै मालिका गाउँपालिका २ का २२ वर्षीय दिपक परियार रहेका छन् । को मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.