|

काठमाडौं :  राष्ट्रियसभामा नागरिकता विधेयकमाथिको दफावार छलफल सुरु भएको छ। 

दिउँसो २ बजे सुरु भएको आजको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त विधेयकमाथि दफाबार छलफल गरियोस भन्ने प्रस्ताव  स्वीकृत भएसँगै छलफल अघि बढेको हो।

अहिले संशोधनकर्ता सांसदहरुले आफ्नो संशोधन प्रस्तावमा धारणा राखिरहेका छन्।

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले ठूलो भूगोल र जनसंख्या रहेका छिमेकी मुलुक रहेको नेपालको नागरिकता विधेयक खुकुलो हुँदा भोलि के होला ? भनेर प्रश्न गरे। साथै उनले विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेर आए कम्तिमा पाँच वर्षपछि मात्रै नागरिकता दिनुपर्ने प्रस्ताव गरेका छन्। 
 
यो विधेयकमा ३२ जना सांसदहरुले ७ समूहमा संशोधन प्रस्ताव दर्ता गराएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनलाई जानकारी गराएका छन्। प्रतिनिधिसभाबाट पारित भइसकेको विधेयक राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.