|

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति केही दिनमै घोषणा हुने बताएका छन्। 

बिहीबार खुमलटारमा भएको प्रेस सेन्टरका पदाधिकारीसँगको छलफल कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावको मिति घोषणा गर्न केही दिन पख्न भनेको बताएका हुन्।  

‘उहाँले चुनावको मिति आजको मन्त्रिपरिषद्को बैठकबाट घोषणा गर्छु भनेर फोन गर्नुभएको थियो। मैले अब केही दिन पख्नुस् भनेको छु’ छलफलको क्रममा उनले भने, ‘मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुन्छ।’

अध्यक्ष प्रचण्डले केही महत्वपूर्ण विधेयक पारित भएपछि मात्रै चुनावको मिति तोक्न सुझाव दिएकाे बताए। उनले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै रहने प्रष्ट पारे। विचार मिल्नेहरूसँग चुनावी मोर्चाको प्रयास भइरहेको समेत उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.