|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ५ सय ७७ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार २८२ जनामा गरिएको परीक्षणबाट ५ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो। 

आज २ जना संक्रमितको मृत्यु भएको छ भने २ सय ६९ जना संक्रमणमुक्त भएका छन्। 

मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ३५६ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा २४ सय ८ जना, ललितपुरमा ४६८ जना र भक्तपुरमा ५८ जना रहेका छन्। 

हाल ३४ जना संक्रमितको आइसियू र ५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ भने १५३ जना संक्रमित संस्थागत आइसोलेशनमा र ४२ सय ३ जना होम आइसोलेशनमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.