|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघ तथा प्रदेशको निर्वाचनमा आफूहरु दोस्रो पार्टी बन्ने बताएका छन्। 

शनिबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले त्यसो नभए गठबन्धनमा समस्या आउने संकेत गरे। 

‘मैले नेपाली कांग्रेसका नेताहरुसँग कुरा गर्दा भनेको छु, सायद पहिलो पार्टी अहिले तपाइँहरु नै हुने देखियो’, प्रचण्डले भने, ‘दोस्रो माओवादी केन्द्र नै हुने हो। त्यसमा सहयोग गर्ने हो भने सबै चिज सहज जान्छ, होइन भने सहज जाँदैन।’

उनले यसमा नेतृत्व तहमा राम्रो समझदारी भएको भन्दै स्थानीय तहको जस्तो गडबड नहुनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे। 

स्थानीय चुनावमा १ सय ७५ सिट जित्ने र एमाले १ सय ६० देखि ७० को बिचमा खुम्चिने वित्तिकै अहिले नै दोस्रो पार्टी हुने स्थिति विश्लेषण गरिएको प्रचण्डले सुनाए। 

स्थानीय निर्वाचनमा पार्टी युनिफाइड नहुँदा पहिला जितेका ५० पालिका गुमाएको भन्दै उनले भने, ‘नत्र हामी अहिले नै पहिलो कम्युनिष्ट पार्टी र मुलुकको दोस्रो ठूलो दल बन्ने  अवस्था थियो।’ 

अब सत्ताको बागडोर सम्हाल्ने किसिमले नतिजा ल्याउनका निम्ति जुट्न उनले कार्यकर्तालाई निर्देशन पनि दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.