|

काठमाडाैं : भारतसँगको खेलमा निरीह बनेपछि नेपालको साफ यु–२० च्याम्पियनसिपको फाइनल यात्रामा चुनौती थपिएको छ। सुरुवाती २ खेलमा शतप्रतिशत नतिजा निकालेर हौसिएको नेपाल तेस्रो खेलमा आइतबार भारतसँग ८–० को फराकिलो अन्तरमा हार्न पुग्यो।

यो नतिजाले ५ राष्ट्र सहभागी प्रतियोगितामा भारत, बंगलादेश र नेपालको संभावना मात्रै कायम राख्यो। त्यसमा पनि ३ वटै खेल जितेको बंगलादेश र गोल अन्तर र हेड टु हेडमा समेत नेपाललाई पछि पारेको भारतलाइ जति सहज छ, त्यति नेपाललाई छैन।

बंगलादेश र भारतलाई आफ्नै खेलको नतिजाले पुगेपनि नेपाललाई भने फाइनल पुग्न अरुको नतिजा कुर्नुपर्नेछ। नेपालले बंगलादेशसँग बुधबार प्रतिस्पर्धा गर्दैछ। सो खेल जितेर मात्र नेपाललाई फाइनल पुग्ने संभावना छैन। नेपालले फाइनल पुग्न अन्तिम खेलमा बंगलादेशलाई हराउनै पर्नेछ भने अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित हुनुपर्नेछ वा बराबरीमा रोकिनुपर्नेछ।

बंगलादेशको ९ अंक रहँदा भारत र नेपालको ६–६ अंक छ। माल्दिभ्स र श्रीलंकालाई गोल नखाई हराएको नेपालले भारतसँग विशाल गोल खायो। नेपाल भारतविरुद्ध निरीह बन्दा एक गोल पनि फर्काउन सकेन। ९० मिनेटपछिको इन्जुरी समयमा पनि गोल खायो। भुवनेश्वरको कालिंगा स्टेडियममा भएको खेलको ३२ मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेका थिएनन्।

३२ औँ मिनेटमा टाइसन सिंह लवइटोङबामले गर्दै भारतलाई अग्रता दिलाए। पार्थिव सुन्दर गोगोईले २ गोल गरे।

उनले खेलको ५० औँ र ५२औँ मिनेटमा गोल गरे। त्यसपछि पथुम गिमहानाले ६४औँ मिनेटमा, ७१औँ मिनेटमा हिमांशु जाँग्राले पेनाल्टीमा गोल गर्दै भारतको अग्रता ५ गोलको बनाइसक्दा ७८ औँ मिनेटमा मोहमेद रिकाजले, ९० औँ मिनेटमा गुरकिरत सिंहले गोल गर्दा शुभो पउलले इन्जुरी टाइममा गोल गरे। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.