|

दाङ : दाङमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई  पक्राउ गरेको छ। पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका-५ का करिब २९ वर्षीय चमन बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

बिकले मंगलबार दिउँसो सोही ठाउँकी ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।

उनलाई  तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीस्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले ती बालिकालाई उनको घरदेखि एक सय मिटर पर मकैबारीमा लगेर जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले बताएको छ। बालिकाको अवस्था भने सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.