|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर थप ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ६८२ जनाको परीक्षण गर्दा ६ सय ६० जनामा संक्रमण पुष्टि भएको हो। आज एक जना संक्रमितको मृत्यु भएको छ भने ४ सय ४४ जना संक्रमित संक्रमणमुक्त भएका छन। 

लगातार संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ पुगेको छ। जसमा सबैभन्दा धेरै काठमाडौंमा ३ हजार ७८ जना रहेका छन्। यस्तै ललितपुरमा ७ सय ४७ र भक्तपुरमा ८७ जना रहेका छन्। 

मन्त्रालयको विवरण अनुसार हाल देशभर ४६ जना संक्रमित आइसियु र २ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्। यस्तै ५ हजार ४७१ जना संक्रमित होम आइसोलेशनमा र १७० संक्रमित संस्थागत आइसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.