‘एमाले एक्लै चुनाव लडेर नेतृत्व लिन सक्षम छ'

|

संखुवासभा : वर्तमान सरकारका मुख्यमन्त्री राजेन्द्र राईले सहजकर्ताको भूमिका पूरा नगर्दा प्रदेश १ को नामकरण हुन नसकेको पूर्व मुख्यमन्त्रीसमेत रहेका एमाले नेता शेरधन राईले बताएका छन्।

सोमबार संखुवासभाको सदरमुकाम खाँदबारीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता राईले अहिलेको सरकारको रवैयाका कारण प्रदेशकाे नामाकरण हुन नसकेको बताएका हुन्।

मुख्यमन्त्री आफैँले जनता भिडाउन खोजेको उनले बताए। प्रदेश सरकारले सहजीकरण गरे नेकपा एमाले छलफलका लागि तयार रहेको उनको भनाइ छ। 

नामाकरणकाे लागि एमाले एकढिक्का भएकोसमेत राईले दाबी गरे। प्रदेशको नामाकरणका लागि नेपाली कांग्रेसले समेत खुट्टा कमाएको उनले बताए।

नेकपा एमाले सहमतिका लागि कोशी, सगरमाथा, विजयपुर, सप्तकोशी, किराँतलगायतका नाममा छलफल गर्न तयार भएको उनको भनाइ छ।

यस्तै, गठबन्धनसँग नेकपा एमाले एक्लै चुनाव लड्न सक्षम रहेको दाबी गरे।

उनले भने, ‘एमाले एक्लै चुनाव लडेर नेतृत्व गर्न पनि सक्षम छ। नेपालमा टु पार्टी सिस्टम शासन प्रणाली आवश्यक छ। जति धेरै पार्टी त्यति धेरै अस्थिरता उत्पन्न हुन्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.