|

बैतडी : सुदूरपश्चिम प्रदेशमा एकैदिन ८४ जनामा कोरोना संक्रमण देखिएको छ।

गएको २४ घण्टामा एक हजार १०७ जनाको परीक्षण गर्दा ८४ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

संक्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ४२, कैलालीका ३३, अछामका ४, दार्चुलाका २, बझाङ, डोटी र बैतडीका १/१ रहेका छन्। जसमध्ये भारतबाट फर्किएका ४२ जनामा संक्रमण पुष्टि भएको हो।

गड्डाचौकी नाकाबाट फर्किएका २३, गौरीफन्टा नाकाबाट १६, पुलघाट नाकाबाट २ र झुलाघाट नाकाबाट फर्किएका १ जनामा संक्रमण भएकाे निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

यसअघि सोमबार यस प्रदेशमा १२१ जनामा संक्रमण देखा परेको थियो।

यस प्रदेशका भारतसँग सीमा जोडिएका सबै नाकाहरुमा हेल्थ डेस्क स्थापना गरेर नाकाहरुमै कोरोना परीक्षण कार्य जारी रहेको छ।

सुदूरपश्चिममा हालसम्म ५ लाख ६५  हजार ७९२ जनाको कोरोना परीक्षण गरिएकोमा ६० हजार ५११ जनामा संक्रमण देखिएको छ।  सङ्क्रमणका कारण हालसम्म ६३४ जनाको ज्यान गइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.