|

काठमाडाैं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वन विनाशले वन मात्रै नभएर पशुपन्छी पनि लोप हुँदै गएको बताएका छन्।

सामुदायिक वन दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासंले आज आयोजना गरेको ‘समृद्धि नेपाल, सुखी नेपाली’ निर्माणमा सामुदायिक वनको योगदान विषयक कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले पशुपन्छी पनि लोप हुँदै गएकाले वन जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले वन्यजन्तुदेखि पर्यावरणमा समेत असर परेकाले वनबाट वातावरण कसरी सुधार गर्ने भन्नेमा चिन्तन गर्न पनि आग्रह गरे।

नेपालमा हिमक्षेत्र भनेर चिनिने १७ प्रतिशत भूमि रहेकाले सोको पनि संरक्षण गरी अर्थतन्त्रलाई माथि उठाउन सामुदायिक वनको योगदान हुने उनकाे भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.