|

नेपाली राष्ट्रिय टोलीकी स्टाइकर सावित्रा भण्डारीको रवाफिलो प्रदर्शनमा गोकुलमले केरेला एफसीमाथि गोल वर्षा गरेको छ। भारतको केरेला महिला लिगको सिजनको पहिलो खेलमा बुधबार गोकुलमले केरेलामाथि ११-० को फराकिलो जित निकाल्दा सावित्राको नाममा पाँच गोल रह्यो।

२७ मिनेटमा ह्याट्रिक पूरा गरेकी सावित्राले पहिलो हाफमा ४ गोल गरेकी थिइन् भने अर्को एक गोल दोस्रो हाफमा सम्भव बनाइन्। केरेलाविरुद्ध गोकुलमले पहिलो हाफमै ६-० को फराकिलो अग्रता बनाएको थियो। सावित्राले टोलीका लागि पहिलो,  तेस्रो र चौथो,  पाँचौं र आठौं मिनेटमा गोल गर्दा टिमका लागि थप गोल अन्य खेलाडीले गरेका थिए। सन्धियाले २ गोल गर्दा कप्तान कश्मिना,  रेश्मा,  एड्जिल र हर्मिलानले समान १-१ गोल गरे। सावित्रा प्लेयर अफ दी म्याच घोषित भएकी थिइन्। उनले दुई असिस्ट पनि गरेकी थिइन्।

गोकुलम केरेला लिगसँगै महिला आइ लिगको साविक च्याम्पियन पनि हो। अर्को महिना गोकुलमले एएफसी क्लब च्याम्पयनसिप समेत खेल्दै छ।दुई वर्षअघि गोलकुलमबाटै खेल्दै टोलीलाई आइ लिग च्याम्पियन बनाएकी सावित्राले उक्त समयमा कुल १६ गोल गरेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.