|
फाइल तस्वीर

काठमाडाैं : भुटानमा आयोजना हुने पाँचौँ दक्षिण एसियन किकबक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल सो–क्योकुशिन कराँतेको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।

टोलीलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै  बिदाइ गरेका हुन्।

भुटान जाने टोलीमा तीन अफिसियल र छ खेलाडी गरी नौ जना छन्। सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठ नेतृत्वको टोलीमा जगतबहादुर धामी, कसिसकुमारी क्षेत्री, शिवानी श्रेष्ठ, कविन देशार, भुवन हायु, जयराम ब्लोन, मुकेश लुइँटेल खत्री र दलबहादुर घले छन्।

भुटानको फुएनसोलिगमा अगष्ट २० र २१ तारिखमा हुने च्याम्पियनसिप निन्जा स्पोर्टस् फेडेरेशन र इन्टरनेशनल स्पोर्टस् गेम्स फेडेरेशनको संयुक्त आयोजनामा हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.