|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदीप गिरीको निधनले नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति हुने बताएका छन्।

वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता गिरीको निधनप्रति दुःख व्यक्त गर्दै प्रचण्डले समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति हुने बताएका हुन्।

‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ। गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछु,’ प्रचण्डले सामाजिक सञ्जालमा भनेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.