|

बैतडी : भीरबाट लडेर बैतडीमा एकजनाको मृत्यु भएको छ।  

दशरथचन्द नगरपालिका ६ का ४० वर्षीय धर्मेन्द्र दमाईको मृत्यु भएको बैतडी प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

सदरमुकामस्थित  गोठलापानी बजारबाट घर जाने क्रममा भर्सिपुर भीरबाट लडेर गम्भीर घाइते भएका दमाईको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.