‘संयोजन समिति बनाउनेबारे छलफल भइरहेको छ’

|

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनावअघि माओवादी केन्द्रसँग एकताको सम्भावना नभएको बताएका छन्। 

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरू नेपालमा कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्ने अभियानमा लागेको बताए। 

उनले भने, ‘अहिले हामीले चुनावलाई केन्द्रमा राखेका छौँ। कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गछौँ। माओवादीसँग कसरी मिलेर जानेबारे छलफल गरेका छौँ। चुनावअघि एकताको सम्भावना छैन, आफ्नो पार्टी आफ्नै चुनाव चिह्नबाट चुनाव लडिन्छ।’

पाँच दलीय गठबन्धनलाई आधार मानेर निर्वाचनमा जाने तयारी गरिरहेको बताए।  चुनावअघि माओवादीसँग संयोजन समिति बनाउने तयारी रहेको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.