|

काठमाडौं : काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौंमलमा बनेको अनधिकृत संरचना हटाएको छ। बुधबार बिहान काठमाडौंमहानगरका  मेयर बालेन साहको टोली सहित  गएर सो संरचना हटाएको हो। 

डोजर प्रयोग गरी अनधिकृत संरचना हटाएको काठमाडौंमहानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मीरा चौधरीसहितको टोली पनि उक्त स्थानमा पुगेको छ।

काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा  रहेको छ। यो भवन भाडामा लिएकाहरूले अनधिकृत रूपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेका थिए।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.