|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले आज पार्टी पुनर्गठन दिवस मनाउँदैछ। 

एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो। 

गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते प्रमाणपत्र पाएको थियो। 

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले आज दिउँसो १ बजे बानेश्वरस्थित एक ब्यांक्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिए।  प्रवक्ता खतिवडाले आफूहरूले पार्टी पुनर्गठनपछि पहिलो परिणाम प्रतिगमनकारी एमालेलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताए। 

उनका अनुसार पार्टीले हालसम्म ५ लाख सदस्यता वितरण गरिसकेको छ। २ लाख भन्दा बढी सदस्य पार्टीका विभिन्न कमिटीमा आवद्ध भइसकेको प्रवक्ता खतिवडाको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.