|

भारतको नोयडा राज्यमा दुई ठूला टावर एकैपटक विस्फोट गरेर भत्काइएको छ। आइतबार भारतीय समय अनुसार दिउँसो २ बजेर तीस मिनेटमा उक्त भवनमा विस्फोट गराएर भत्काइएको हो।

नियम विपरीत निर्माण गरिएको उक्त दुईवटा गगनचुम्बी भवन ‘नोयडा सुपरटेक ट्वीन टावर’लाई सर्वोच्च अदालतको आदेशपछि ध्वस्त गरिएको हो।

यसका लागि करिब ३ हजार ७ सय किलो बारूदको प्रयोग गरिएको छ। भवन ध्वस्त गर्नुपूर्व बिहानदेखि भवन छेउछाउको क्षेत्रमा रहेका करिब ७ हजार व्यक्तिका घरलाई पनि खाली गरिएको थियो।

३२ तले उक्त भवन करिब १२ सेकेन्डमा ध्वस्त बनाइएको हो। उक्त क्षेत्रमा करिब ५ सय ६० प्रहरी, १०० रिजर्भ फोर्स र ४ क्विक रेस्पोन्स टिम एनडीआरएफ तैनाथ गरि सुरक्षा दिइएको थियो।  भारतको इतिहासमा सबैभन्दा ठूला भवन विस्फोट गराएर भत्काएको यो पहिलो घटना हो। उक्त दुई भवन भारतको ट्वीन टावरका रूपमा परिचित थिए।

उक्त भवन अवैध रुपमा बनाइएको भन्दै सन् २०१२ मा इलाहावाद हाइकोर्टमा मुद्धा परेको थियो।  त्यसपश्चात अदालतले सन् २०१४ मा यसलाई भत्काउन आदेश दिएको थियो। फैसला भएको करिब ८ वर्षपछि भवन ध्वस्त बनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.