|

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दैछन्। ​

इइन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन्। उनीहरु साँझ ६ बजे अमेरिका उड्ने कार्यतालिका रहेको नेपाल प्रहरीका प्रवक्ता टेकबहादुर राइले जनाकारी दिए। 

सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुर्व्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ। एक सातासम्म अमेरिका रहँदा उनीहरुले विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.