|

धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार राज्य मन्त्री कुलवीर चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका छन्। नेकपा एमाले प्रवेशको चर्चापछि उनलाई बर्खास्त गरिएको एक मन्त्रीले पुष्टि गरे।

उनका अनुसार चौधरी एमाले प्रवेश गरेकाले बर्खास्त गरिएको हो। आज नेकपा एकीकृत समाजवादीका संघीय मन्त्रीदेखि प्रदेशका पूर्व मन्त्रीसम्मका नेताहरू एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ।

त्यही सन्दर्भसँग जोडिएर राज्यमन्त्री हटाइएको बुझिएको छ। चौधरी एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.