|

विश्व स्वास्थ्य संगठनले जाडोमा कोरोना संक्रमितको मृत्यु तथा अस्पताल भर्ना दर अझै बढ्न सक्ने जनाएको छ।

हालैका केही दिनमा कोरोना संक्रमितको संख्या घट्दै गए पनि जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोरोना संक्रमितको संख्या बढ्न सक्ने जनाएको हो। यसका साथै कोरोना संक्रमितको मृत्यु दर तथा उनीहरू अस्पताल भर्ना हुने दरमा पनि बढोत्तरी हुन सक्ने चेतावनी पनि विश्व स्वास्थ्य संगठनले दिएको छ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक तेद्रोस अधनम ग्याब्रेसियसले बुधबार जेनेभामा पत्रकारसँग चिसो मौसममा कोरोना संक्रमणको असर अझ बढी देखिन सक्ने र यसका लागि हामी अहिलेदेखि नै तयार रहनुपर्ने बताए।

विश्वमा यसको संक्रमणको पछिल्लो अवस्था हेर्दा घट्दै गएको तथ्यांकले देखाउँछ। साप्ताहिक रुपमा गरिने यसको गणनाअनुसार पछिल्लो हप्तामा यसको संक्रमण ५३ लाख जनामा भएको देखिएको छ। यो संख्या गत हप्ताको तुलनामा ९ प्रतिशत कम हो।

त्यसैले अहिले कोरोनाको संक्रमण घट्दै गएको भनेर यसको स्वागत गरेर बस्नुभन्दा पनि आगामी जाडोमा हुनसक्ने यसको असरलाई मध्यनजर गरेर सतर्कता अपनाउनुपर्ने महानिर्देशक ग्याब्रेसियसले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.