|

हेटौंडा : मकवानपुरको प्रतिनिधिसभा क्षेत्र १ बाट नेपाली कांग्रेसले केन्द्रीय सहमहामन्त्री डीना उपाध्यायको नाम सिफारिश गरेको छ।

मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको उम्मेदवारको रुपमा कांग्रेसले सहमहामन्त्री उपाध्यायको नाम सिफारिश गरेको हो।

शुक्रबार बिहान हेटौंडामा बसेको क्षेत्रीय बैठकले प्रतिनिधिसभातर्फ सम्भावित उम्मेदवारको रुपमा कांग्रेस सहमहामन्त्री डीना, बागमती प्रदेशसभा सभापति इन्द्रबहादुर बानियाँ, पूर्वजिल्ला सभापति रामचन्द्र अर्याल माइकल र महासमिति सदस्य जयराम लामिछानेको नाम प्रत्यक्षतर्फ सिफारिश गरेको छ।

बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ विष्णु लामिछाने, रघुरमण न्यौपाने, गोपीलाल विक, पवित्रा विक, सुवातसिं थिङ, गीता राई, सञ्जिता सिग्देल, सुदिप बर्तौला, राजकुमार जीएम र नारायण लम्सालाको नाम जिल्ला समितिलाई सिफारिश गरेको क्षेत्रीय सचिव कविन सांगामीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.