|

काठमाडौं : नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय क्रिकेट शनिबार हुँदैछ।

यो खेल केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने १ बजे सुरु हुनेछ। 

हिजोको पहिलो एक दिवसीयमा ७ विकेटको जित निकालेको नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ।  

शुक्रबारको खेलमा नेपालका आसिफ शेखले केन्याविरुद्ध ११० रनको शतकीय पारी खेल्दा अर्जुन साउदले ६० रनको अर्धशतकीय पारी खेलेका थिए। 

यसअघि ५ खेलको टी–ट्वेन्टी सिरिज जितेको नेपाल एक दिवसीय सिरिज पनि जितेर केन्या भ्रमणको सुखद अन्त्य गर्ने चाहन्छ।

केन्या पहिलो हारको बदला लिने योजनासहित मैदान उत्रिनेछ। नेपाल र केन्याबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल भदौ २० गते हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.