|

सुर्खेत ः जाजरकोट नलगाड नगरपालिका ४ को पिपल चौरका प्रेमबहादुर रावल ठूलो पानी परेको दिन रातभर सुत्न पाउँदिनन्। पहिरो खस्ने डरले जाग्राम बसेर रात काट्छौँ रावलले भने, ‘पहिरोले बस्ती नै जोखिममा छ। बस्ती नजिकैको गाँरेखोलाको कटान तथा पहिरोले एक साथ क्षति गर्न थालेपछि पिपल चौर बस्ती उच्च जोखिममा परेको हो।'

पहिरो तथा खहरे खोलाको कटानले गर्दा पिपल चौर बस्ती जोखिममा परेको स्थानीय रवीन्द्र गौतमले बताएका छन्। कालीमाटी सिक्रे सडक निर्माण गर्दा यसको असर यहाँका ५० घरधुरीमा  परेको गौतमको भनाई छ।

पहिरो रोकथाम तथा नियन्त्रण समयमै गरिएन भने यसबाट ठूलो क्षति पुग्ने छ।

पहिरो रोकथाम तथा नियन्त्रणतर्फ कतैबाट पनि पहल हुन सकेको छैन पिपल चौरका राजेन्द्र रावलले बताए। यो पहिरो रोकथाम गरिएन भने यसबाट यहाँको उब्जाउ जमिन बगेर जाने खतरा छ, उनले भने। पहिरोले गर्दा यहाँका मान्छेहरू त्रासमा छन्।

वडा अध्यक्ष बद्री पन्तले पहिराको कारण स्थानीयको घर र जग्गा निकै जोखिम भइसकेको बताए। यो सबै जथाभावी सडकको कटानको कारण भएको अध्यक्ष पन्तको भनाई छ।

यो रोकथाम र नियन्त्रण कसरी हुन्छ सबैले एक पटक सोचौँ, जालीको व्यवस्थापन गर्न सकेमा बस्ती जोगाउन सकिन्छ कि नत्रभने गाह्रो छ पन्तको भनाई छ।

नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले वडा तथा नगर सरकारले पिपल चौर पहिरोको विषयमा आवश्यक पहल गर्ने बताए। यसका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समेत माग गर्ने प्रमुख रावतको भनाई छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.