|

काठमाडौं : भारतीय स्थल सेनाका प्रमुख मनोज पांडे आज नेपाल आउँदै छन्। 

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आउनल लागेका हुन्। पांडे पाँचदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्। भ्रमणका क्रममा उनले उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्नेछन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई एक विशेष समारोहकाबीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछिन्। नेपाली सेना र भारतीय सेनाबीच यस्तो परम्परा रही आएको छ।

यस्तै उनले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम पनि रहेको सेनाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.