|

काठमाडौं : प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ।

कार्यव्यवस्था परामर्श समितिमा मनोनयन तथा हेरफेर गर्ने आइतबारको बैठकको सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गर्नेछन् । 

यस्तै संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची पनि छ।

सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित समितिमा सदस्य हेरफेर गर्नेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.