|

काठमाडौं : बारा हतियाधारी लुटेरा समूह र प्रहरीबीच गोली हानाहान भएको छ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न पुगेका हतियारधारी डाँका समूह र प्रहरीबीच गएराति गोली हानाहान भएको हो।

मध्येरातमा उद्योगमा लुटपाट गर्न पुगेको समूहले प्रहरीमाथि फायर गरेको प्रहरीले जनाएको छ। डाँका समूह आएको थाहा पाएपछि उद्योगका कर्मचारीले खबर गरेपछि तत्कालै प्रहरी पुगेको थियो। प्रहरीलाई देखेर डाँका समूहले फाइर गरेका थिए। त्यसपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरिएको बाराका प्रमुख प्रहरी तथा एसपी होबिन्द्र बोगटीले बताए ।

भाग्ने क्रममा दुई जना डाँकालाई प्रहरीले पक्राउ गरेको उनले जानकारी दिए। घटनास्थलबाट बन्दुक, कटुवा पेस्तोल र तीन राउण्ड गोली पनि बरामद भएको उनले जानकारी दिए। डाँका समूहले फलामको रड प्रहार गर्दा वरिष्ठ सई कमलबहादुर शाही घाइते भको प्रमुख बोगटीले बताए।  उनको टाउकोमा गम्भीर चोट लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.