|
फाइल तस्वीर

लमजुङ : नेकपा माओवादी केन्द्रका महासचिव एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङ प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि लमजुङबाट उम्मेदवारमा सिफारिश भएका छन्। जिल्ला समन्वय समिति लमजुङको आज बसेको दोस्रो पूर्ण बैठकले उनको सिफारिश गरेको हो। 

बैठकले उनीसँगै प्रत्यक्षतर्फ स्थायी कमिटी सदस्य देवेन्द्र पराजुलीको नाम पनि सिफारिश गरेको छ।

माओवादी केन्द्रका महासचिव गुरुङ २०७४ सालको निर्वाचनमा पनि लमजुङबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार गुरुङले ३९ हजार ४ सय ६८ मत पाएका थिए।

मनाङको नासों गाउँपालिका–४ ओडारगाउँका भए पनि पछिल्लो समय लमजुङ केन्द्रित राजनीति गर्दै आएका गुरुङ दोस्रो पटक प्रतिनिधिसभाका उम्मेदवार बन्न लागेका हुन्। 

समानुपातिकतर्फ भने पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङ, ऋषिराम पौडेल र उर्मिला माझीको नाम सिफारिश भएको छ।

प्रदेशसभा क मा प्रत्यक्षतर्फ अधिकारी गुरुङ, मेखबहादुर भण्डारी, हरिजङ तामाङ र होमबहादुर विकको नाम सिफारिश भएको छ। केन्द्रीय सदस्य एवं मन्त्री अधिकारी गुरुङको प्रतिनिधिसभा समानुपातिक र प्रत्यक्ष दुवैबाट सिफारिश भएको छ।

प्रदेश ख मा केन्द्रीय सदस्य विमल अधिकारी र जिल्ला सचिव रामचन्द्र पौडेलको नाम सिफारिश भएको छ।

बैठकले प्रदेशसभामा समानुपातिकतर्फ जनजाति महिलामा सतिमाया तामाङ, आदिवासी जनजाति पुरुषमा टकराज गुरुङ, दलित पुरुषमा सुनिल सुनार, देवबहादुर गहतराज, खस आर्य महिलामा शोभा थापा, खस आर्य पुरुषमा निराजन कुँवर र दयासागर घिमिरे, अल्पसङ्ख्यकमा नन्दबहादुर कुमाल, दलित महिलामा जुना विक, अजय तामाङ र मुस्लिमतर्फ मोहमद जलालदिन मियाको नाम सिफारिश गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.