|

काठमाडौं : सोमबार देशभर २ सय २१ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार देशभर ४ हजार ५८ जनामा गरिएको परीक्षणमा २२१ जना संक्रमित भेटिएका हुन्। 

आज २०६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। 

हाल देशभर २ हजार ४४४ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ३ जना भेन्टिलेटरमा‚ ३८ जना आइसियमा‚ १३२ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने २ हजार ३१२ जना संक्रमित होम आइसोलेशनमा रहेका छन्। 

काठमाडौं उपत्यकाको काठमाडौंमा १ हजार ८३ जना‚ ललितपुरमा ४४१ जना र भक्तपुरमा ४८ जना सक्रिय संक्रमित रहेका छन्। 

नेपालमा हालसम्म ९६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.