|

काठमाडौं : नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले सत्ता गठबन्धनका नाममा दम्भ देखाउन थालिएको भन्दै आफ्नै पार्टीको आलोचना गरेकी छिन्। 

केही नेपाल ऐन संशोधन गर्ने विधेयकमाथि संशोधन प्रस्तावमा मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै चौधरीले गठबन्धन भन्दैमा दम्भ देखाउन नहुने बताइन्।

‘मलाइ त अहिले कस्तो लाग्छ भने कांग्रेस र माओवादी मिलेपछि देख हामी बलियो भयौं भन्ने भ्रम परेको जस्तो लाग्छ’ एमाले सांसद गोकुल बास्कोटाले रोष्ट्रममा बोल्दा सत्तापक्षका सांसदले गरेको प्रश्नप्रति लक्षित गर्दै उनले भनिन्, ‘अघि एक जना माननीयले रोष्ट्रमबाट बोलिरहँदा तलबाट बोल्दै हुनुहुन्थ्यो, के को दम्भ हो र? हामी यहाँ बोल्दै गर्दा कसैले डिस्टर्ब गर्न पाउँछ ? अवश्य पाउँदैन।’

उनले गठबन्धन धेरै नटिक्ने पनि बताइन्। ‘गठबन्धन टिकाउ पनि छैन, सधैंभरी टिक्ने पनि होइन । उनले भनिन्,‘कांग्रेस होस् वा गठबन्धनका अरु दल कसैले पनि दम्भ नदेखाउनुस् दम्भ बढी भयो।’

चुनाव घोषणा गरिसकेर संसदको कार्यकाल बढाउने गलत कुरा हो भन्दै उनले यसबाट सरकार पछि हट्नुपर्ने बताइन्। 

उनले अहिले गलत कामको खुलेर विरोध र आलोचना गर्न पनि डर रहेको बताइन्।

‘हामीलाई त बाँच्न पनि गाह्रो भइसक्यो विरोधमा बोलुँ भने दुइटै (कांग्रेस र माओवादी) मिलेर केही गर्ने हुन् कि भन्ने डर लाग्न थालेको छ। आफ्नै पार्टी भित्र र अन्य पार्टीबाट डर छ।’ उनले भनिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.