|

काठमाडौँ : प्रतिनिधिसभाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ पारित गरेको छ।

मंगलवार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ बहुमतले पारित गरेको हो। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ बहुमतले पारित भएको घोषणा गरे।

कानुनमन्त्री गोविन्द शर्मा कोईरालाले विधेयकमा प्रतिनिधिसभाको कार्यकाल कायम राख्ने प्रस्तावमा संसोधन स्वीकार गरिएको घोषणा गरेको । विधेयकमा रहेको दफा १३, १४ र १५ लाई हटाउने संशोधन स्वीकार गरिएको हो। 

दफा १४ मा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गरी प्रतिनिधिसभाको कार्यकाल पहिलो बैठक बसेको दिनबाट गणना हुने र नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधिसभाको कार्यकाल स्वतः समाप्त भएको मानिने उल्लेख छ ।

यस्तै दफा १५ मा प्रदेशसभाको कार्यकाल पहिलो बैठक बसेको दिनबाट गणना हुने र नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रदेशसभाको कार्यकाल स्वतः समाप्त हुने उल्लेख छ । 

चुनाव घोषणा भइसकेपछि पनि कार्यकाल लम्ब्याउन खोजिएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले संसोधन स्वीकार गरेको हो। प्रतिनिधिसभाको अर्को बैठक बुधवार दिउँसो १ बजे बस्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.