|

खाद्यान्न बोकेका कैयौँ ढुवानी सेवाहरू युक्रेनबाट इथियोपयाको भोकमरीग्रस्त क्षेत्रमा पुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ।

संयुक्त राष्ट्रसंघीय महासचिवका प्रवक्ताले विश्व खाद्य कार्यक्रमका ती ढुवानी युक्रेनबाट इथियोपिया पुगेका बताए।

संयुक्त राष्ट्रसंघीय प्रवक्ताका अनुसार इथियोपियामा खाद्यान्नको अभाव भएको र सो क्षेत्रमा पछिल्ला केही महिना यतादेखि भोकमरी सुरु भएकाले ती क्षेत्रमा मानवीय सहायतास्वरूप ती खाद्यान्नका ढुवानी पठाइएको हो।

सो खाद्यान्न आगामी महिना दिनसम्मका लागि सहयोग उपलब्ध गराइनेछ। युक्रेनको बाटो हुँदै ती सामग्री त्यहाँ लैजानका लागि संयुक्त राष्ट्रसंघ र टर्कीले मध्यस्थता गरेका छन्।

संयुक्त राष्ट्रसंघ र टर्कीको पहलबाट युक्रेन हुँदै इथियोपियासम्म पुर्‍याइएको हो। आगामी महिना दिनसम्मका लागि सो खाद्यान्नको सहयोग पुर्‍याइने छ। एक महिनामा यहाँका कम्तीमा पनि १५ लाख मानिसका लागि सहयोग गरिने छ।

इथियोपियाको आदमा शहरमा सो खाद्यान्न भण्डारण गरिएको छ र ती ढुवानी त्यहीँबाट फर्काइएको बताइएको छ। आदमा शहरमा विश्व खाद्य कार्यक्रमको कार्यालय रहेका स्थानमा ती खाद्यान्न भण्डारण गरिने र आगामी हप्तादेखि सो खाद्यान्न वितरण गरिने पनि जनाइएको छ।

आन्तरिक द्वन्द्व तथा खडेरी आदि कारणले गर्दा यहाँ भोकमरी सुरु भएपछि सो आदमा शहर र त्यसको वरपर लाखौँ इथियोपियाली विस्थापित भएर बसेका छन्।उनीहरूका लागि सो खाद्यान्न वितरण गरिने संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.