|

काठमाडौं : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा करण साहमाथि पक्राउ पुर्जी जारी भएपछि आन्दोलित भएको चिकित्सक संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

यसअघि डा साहमाथि बाल हिंसासम्बन्धी मुद्धा परेपछि जिल्ला अदालत जुम्लाले पक्राउ पुर्जी जारी  गरेपछि आन्दोलित भएको संघले पक्राउ पुर्जी खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो।

तर हाल डा साहमाथिको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढेकोले संघले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगित गरिएको महासचिव डा बद्री रिजालले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

महासचिव रिजालले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘ डा करण शाहका सम्बन्धमा नेपाल चिकित्सक संघले दिएको ७२ घण्टे अल्टिमेटमका सम्बन्धमा सम्मानित जिल्ला अदालतबाट आवश्यक कानूनी कारवाही अगाडी बढेको तथा डा शाहलाई झुट्टा मुद्दा लगाई पक्राउ पुर्जी जारी गरिएको सम्बन्धमा समेत उक्तमुद्दा फिर्ता लिने प्रक्रियाका लागि आवश्यक कारवाही अगाडी बढेकोले संघले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगित गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ।'

अस्पताल वा स्वास्थ्य संस्थामा उपचारको क्रममा हुने कुनै पनि घटनालाई लिएर बिरामी वा बिरामीका आफन्तलाई कुनै शंका उत्पन्न भए मुलकी अपराध ९संहिता० अनुसार अनुसन्धानका लागि नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा ५ सदस्य अनुसन्धान समिति गठन गरी अनुसन्धान प्रक्रिया अगाडी बढाउने प्रावधान रहेकोले चिकित्सकहरुलाई सिधै पक्राउ पुर्जी जारीगर्नुको सट्टा समितिको सिफारिसबमोजिम कानुनी कारबाही अगाडि बढाउन अपिलसमेत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.