|

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन टुटाउन गम्भीर षड्‌यन्त्र भइरहेको बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा देउवाले सत्ता गठबन्धन फुटाउन चलखेल भइरहेको भन्दै षड्‌यन्त्रकारीहरूबाट जोगिन गठबन्धनका दललाई आग्रह गरे।

गठबन्धनसहित चुनावमा जाँदा सबै दलहरूलाई फाइदा हुने भएकाले गठबन्धनविरोधी गतिविधिमा नलाग्न उनले आग्रह गरे।

उपेन्द्र यादव र माधव नेपालले चित्तबुझ्दो तरिकाले सिट बाँडफाँड नभए गठबन्धनबाट बाहिरिने चेतावनी दिनु र पार्टीभित्रको शेखर कोइराला समूहले एक सय सिटभन्दा कम लिएर गठबन्धन नगर्न दबाब बढाउनुलाई देउवाले षड्‌यन्त्रको रूपमा बुझेको रूपमा कतिपयले अर्थ्याएका छन्। 

प्रधानमन्त्री देउवा आज गृहमन्त्री बालकृष्ण खाँणका साथ नेपाली सेनाको हेलिकप्टरबाट पार्टीको चुनावी कार्यक्रमका लागि चितवन पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.