|

काठमाडौं : डेंगु संक्रमण बढ्दै जाँदा सरकारले रोकथाम गर्न रोग सार्ने लामखुट्टे नष्ट अभियान सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभर लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ।

पछिल्लो दिन डेंगुको संक्रमण बढ्दै गएपछि यसको नियन्त्रण तथा रोकथामका लागि मन्त्रालयले प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ 'खोजौं र नष्ट गरौं' नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ। 

सबै स्वास्थ संस्थाबाट डेंगुका बिरामीको विवरण स्थानीय तहमार्फत स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखालाई नियमित पठाउनसमेत आग्रह गरेको मन्त्रलयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले बताए। 

यसका साथै अभियान कार्यान्वयन गर्न स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार, संघसंस्था तथा सम्पूर्ण सरोकारवाला निकायलाई स्थानीय तहमार्फत परिचालन गरी आ-आफ्नो वडाका हरेक घरमा अभियान सञ्चालन गर्नेसमेत मन्त्रालयले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.