|

जनकपुरधाम : महोत्तरीमा स्यालले टोकेर ४ जना गम्भीर घाइते भएका छन्।

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–६ मा स्यालले टोक्दा सोही गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीया सोनावती सदा, १३ वर्षीया रेणुकुमारी सदा र ३५ वर्षीया पुनमदेवी सोनार घाइते भएका छन्।

एउटै स्यालले एकै टोलका ४ जनालाई टोकेको स्थानीयको भनाइ छ। सामान्यतः राति मात्रै गाउँ आसपास आउने स्याल दिउँसै गाउँमा पसेर मान्छेलाई टोक्न थालेपछि स्थानीय त्रसित भएका हुन्।

घाइते चारैजनाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.