|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भन्ने साइनबोर्ड झुण्ड्याउने र भित्र भ्रष्टाचारबाहेक केही नगर्ने गरेको टिप्पणी गरेका छन्।

नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले प्रणालीको कारण देखा परेको विकृति र विसंगतिलाई सुधार गर्न शान्तिपूर्ण तरिकाले छलफल र बहस आवश्यक भएको बताएका हुन्। 

नेपालमा मौलाएको कुशासन र भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्न सकिने बताए। मेसिन नै ठीक नभएपछि जति राम्रो सामान हाले पनि सामान अन्ततः बिग्रिने भन्दै प्रणालीमा सुधार गर्न जरुरी रहेको उनको भनाइ छ।

निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गरेर व्याप्त विकृति, विसंगति, कुशासन र भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने भन्दै प्रचण्डले देशको शक्तिलाई एकतावद्ध बनाएर विकास र समृद्धितिर लान सकिने बताए। वुर्जुवा र भ्रष्टहरूलाई माओवादी नेतृत्व रहँदासम्म चयनमा बस्न नदिने दाबी गर्दै उनले  त्यसका लागि सहयोगको अपिल गरे।

जनयुद्ध, जनआन्दोलन जहिले पनि जनताको साथका कारण सफलताको यो विन्दुसम्म आएको स्मरण गर्दै उनले अर्को सफलताको नयाँ विन्दुसम्म पुग्न पनि जनताको साथ आवश्यक रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.