|

काठमाडौं : महिला साफ च्याम्पियनसिप फुटबलमा आज  आयोजक नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साविक विजेता भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल साँझ साढे बजेबाट सुरु हुनेछ।

नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ। तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन। किनकी हरेक संस्करणमा नेपालले भारतबाटै स्तब्ध हुँदै आइरहेको छ।

नेपालकै विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो। त्यस संस्करणमा भारतले नेपाललाई हराएर उपाधि जितेको थियो।

भारत पनि नेपाललाई हराएर उपाधि रक्षाको होड कायम गर्न चाहन्छ। समूह चरणमा नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो। समूह बी मा नेपालले २ खेलमा ६ अंक जोडेको थियो। नेपाल समूह चरणमा विजेता बनेको थियो।

यस खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलको विजेताले खेल्ने छन्। बंगलादेश र भुटानबीचको पहिलो सेमिफाइनल दिउँसो १ बजेबाट सुरु हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.