|
फाइल तस्विर

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पूरक बयान सुरु भएको छ। बयान दिन जबरा शुक्रबार बिहान ९ बजे महाभियोग सिफारिस समिति पुगेका हुन्। 

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले भदौ १५ देखि बयान लिइरहेको हो। 

जबराविरुद्ध  सत्तारुढ दलका सांसदले फागुन १  गते महाभियोग दर्ता गराएका थिए। अनुसन्धान गर्न प्रतिनिधिसभाले ११ सदस्यीय समिति गठन गरिएलगत्तै जबरा निलम्बित भएका थिए। 

हालसम्मको बयानमा जबराले महाभियोग निस्कृय भइसकेको दाबी गरेका छन्। उनले राजनीतिक दलका नेतादेखि आफ्नै सहकर्मी न्यायाधीशलाई पनि विभिन्‍न आरोप लगाएका छन्।

आफूविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संविधान र नियमावलीविपरीत भएको उनले दाबी गर्दै आएका छन्। यसअघि समितिले उनले नाम लिएका केही कानून व्यवसायीसँग बिहीबार छलफल गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.