‘ब्रह्मास्त्र’मा घटे दर्शक

|

काठमाडौं : गत शुक्रबार एकसाथ तीनवटा फिल्मले प्रदर्शन थालेकोमा यो हप्ता भने हलमा कुनै पनि नयाँ फिल्म छैनन्। शुक्रबार नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ दोस्रो तथा ‘झिँगेदाउ’ तेस्रो हप्तामा प्रवेश गरेका छन्। 

सुस्त शुरुवात गरेको सुजित बिडारीको लेखन तथा निर्देशनको ‘ऐना झ्यालको पुतली’ दोस्रो हप्तामा आउँदा दर्शकको चाप बढेको छ।

गत हप्ता नै प्रदर्शनमा आएको बलिउड फिल्म ब्रह्मास्त्रका कारण थोरै शो पाएको फिल्मले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएपछि शो पनि थपिएको छ। साथै उपत्यका बाहिरका केही शहरमा पनि नियमित प्रदर्शन शुरु भएको छ। 

ठूलो बजेटमा बनेको आयान मुखर्जी निर्देशित ‘ब्रह्मास्त्र’को भने दोस्रो हप्तामा दर्शकको उपस्थिति र शो दुवै घटेको छ। एडभेन्चरस फेन्टासी जनरामा बनेको फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ। ४ सय १० करोड भारु बजेट रहेको फिल्मलाई लगानी सुरक्षित गर्नसमेत गाह्रो परिरहेको छ।

अर्को नेपाली फिल्म ‘झिँगेदाउ’ पनि शुक्रबारदेखि सफलताका साथ तेस्रो हप्तामा प्रवेश गरेको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्मले दुई हप्तामा २ करोडभन्दा माथिको कमाइ गर्दै यस वर्ष ‘कबड्डी ४’ पछि सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ। गत जेठमा प्रदर्शन भएको ‘कबड्डी ४’ ले हलमा ५१ दिन मनाउँदै २१ करोडभन्दा माथिको कमाइ गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.